अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।
उता, दिउँसो ३ः०० बजे देखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस