आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो ।
बैठकमा सम्भवत सरकारले आज नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ती गर्नेछ ।
नेपाल सरकारले चैत २४ अघि नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने हो । तर, सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म गभर्नर नियुक्ती हुन सकेको छैन । गभर्नरको सम्भावित अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले आज बैठक बसेर मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने र आजै ३ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट गभर्नर नियुक्तीको सम्भावना रहेको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस