Like us!
Follow us!
Connect us!
Watch us!

निलम ढुंगानाले पाइन् राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, १३ : २५ मा प्रकाशित

निलम ढुंगानाले पाइन् राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट ढुंगानालाई जिम्मेवारी तोकिएको हो ।  ढुंगाना हालसम्म राष्ट्र बैंकको नीतिगत तथा नियामकीय पक्षमा सक्रिय रहँदै आइरहेकी छिन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको