Like us!
Follow us!
Connect us!
Watch us!

आईक्यू एयरको सूची : काठमाण्डौ आज बिहान विश्वकै सबैभन्दा प्रदूषित सहर

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ०८ : ०६ मा प्रकाशित

आईक्यू एयरको सूची : काठमाण्डौ आज बिहान विश्वकै सबैभन्दा प्रदूषित सहर

वायुप्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरले मंगलबार बिहान ८ बजे जारी गरेको अद्यावधिक सूचीअनुसार काठमाडौं विश्वका प्रमुख प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ।

आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २७१ रहेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै हानिकारक श्रेणीमा पर्दछ।

१० प्रदूषित सहरको सूचीमा ७ एशियाली सहर

सूचीअनुसार दोस्रो स्थानमा भारतको दिल्ली (AQI १८१), तेस्रोमा पाकिस्तानको लाहोर (AQI १७९), चौथोमा भियतनामको हानोई (AQI १७७) रहेका छन्।
अन्य प्रदूषित सहरहरूमा म्यानमारको याङ्गुन (AQI १५६), चीनको वुहान (AQI १५३), हो चि मिन्ह सिटी (AQI १५२), इन्डोनेसियाको जकार्ता (AQI १५२), भारतको मुम्बई (AQI १३२) र चीनको छेङ्दु (AQI १२७) रहेका छन्।

५० सम्मको AQI मात्र ‘स्वस्थ’

आईक्यू एयरको मापदण्डअनुसार ५० सम्मको AQI मात्रै स्वस्थ मानिन्छ। त्यस माथिका स्तर क्रमशः अस्वस्थ, जोखिमयुक्त, अति हानिकारक र खतरनाकको श्रेणीमा राखिन्छन्।
काठमाडौंको २७१ एक्यूआई स्तरले यहाँको हावामा धुलो कण र विषालु तत्वको अत्यधिक मात्रा रहेको स्पष्ट हुन्छ, जसले श्वासप्रश्वास, मुटु रोग, र दीर्घकालीन स्वास्थ्य समस्यामा वृद्धि गर्ने खतरा रहन्छ।

वातावरणविद्हरू र चिकित्सकहरूले यस्ता अवस्थाहरूमा बाहिर ननिस्कनु, मास्कको प्रयोग गर्नु, एयर प्युरिफायर चलाउनु तथा बच्चा, वृद्ध र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउनु पर्ने सुझाव दिएका छन्।

67f4893e8cb84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको