Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाको जनप्रदर्शन - काठमाडौंमा सुरक्षा तैनाथी कडा, बल्खु क्षेत्रमा हजारौं सुरक्षाकर्मी परिचालित

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १२ : ११ मा प्रकाशित

राप्रपाको जनप्रदर्शन - काठमाडौंमा सुरक्षा तैनाथी कडा, बल्खु क्षेत्रमा हजारौं सुरक्षाकर्मी परिचालित

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

प्रदर्शन सुरु हुनुअघि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बल्खु र आसपासका क्षेत्रमा खटाइएको छ। सुरक्षा सतर्कता यति बढाइएको छ कि प्रमुख नाकाहरूमा समेत चेकजाँच कडा बनाइएको छ।

राप्रपाको विरोध कार्यक्रमका लागि मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पार्टीका कार्यकर्ताहरू व्यवस्थापनमा व्यस्त देखिए पनि शीर्ष नेताहरूको उपस्थिति भने देखिएको छैन। आन्दोलनको तयारीक्रममा केही विदेशी सञ्चारमाध्यमहरू, विशेषगरी भारतीय मिडियाका प्रतिनिधिहरू रिपोर्टिङका लागि बल्खु पुगेका छन्।

यराप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको