राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले प्रचण्ड र केपी ओलीलाई कारबाही हुनुपर्ने बताएकी छन् ।
राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
खुस्बुले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन्
ओलीले भनिन्- ‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने प्रचण्डलाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस