Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुने घटना - रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १६ : २३ मा प्रकाशित

तीनकुने घटना - रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले १५ दिनको म्याद थप गरेको छ ।

उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए ।  प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ । राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको