Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन - गगन थापा

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १३ : ०० मा प्रकाशित

ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन - गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेन्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन्। पार्टीको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, नेपालको राजा जति सफा गरेर धोएपनि, उसलाई संवैधानिक राजा बनाउन सकिँदैन।

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने उनले बताए ।

उनले भने, ‘कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’

उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको