Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

आइतबार, ३१ चैत्र २०८१, ११ : ४३ मा प्रकाशित

कुमारी बैंकको २ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो । 

उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। बैंकले उक्त सेयर यसअघि नै संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको