Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बजारमा ट्यारिफ नीति फेरिएपछि 'रिलिफ रेली' सुरु

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ०८ : ४९ मा प्रकाशित

विश्व बजारमा ट्यारिफ नीति फेरिएपछि 'रिलिफ रेली' सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन, कम्प्युटर लगायतका सामानहरूलाई नयाँ ट्यारिफबाट छूट दिएपछि विश्व बजारमा उत्साह देखिएको छ। यसको प्रभावस्वरूप आज मंगलबार भारतीय सेयर बजारको सुरुवात पनि उच्च स्तरबाट हुने अपेक्षा गरिएको छ।

सेन्सेक्स र निफ्टी उच्च खुल्ने संकेत
शुक्रबारको धमाकेदार वृद्धिपछि भारतीय बजार सोमबार अम्बेडकर जयन्तीका कारण बन्द थियो। शुक्रबार सेन्सेक्स १,३१०.११ अंकले उकालो लाग्दै ७५,१५७.२६ मा बन्द भयो भने निफ्टी ४२९.४० अंकले बढ्दै २२,८२८.५५ मा पुग्यो।

आज ‘गिफ्ट निफ्टी’ लगभग २३,३०५ अंकमा कारोबार भैरहेको छ, जुन निफ्टी फ्यूचर्सको अघिल्लो बन्द स्तरभन्दा करिब ३८७ अंकले माथि छ। यसले बजार उच्च खुल्ने संकेत गर्छ।

एशियाली बजारहरू पनि हरियालीमा
जापानको निक्केई १.१५% र टोपिक्स १.१६% ले बढ्दा दक्षिण कोरियाको कोस्पी ०.३९% ले उकालो लाग्यो। हङकङको ह्याङसेङ फ्युचर्स पनि बलियो सुरुवाततर्फ इशारा गरिरहेको छ।

अमेरिकी बजारमा टेक कम्पनीहरूले नेतृत्व गरे
सोमबार अमेरिकी बजार पनि हरियालीमै बन्द भए। डाउ जोन्स ३१२.०८ अंकले बढ्दै ४०,५२४.७९ मा बन्द भयो। एसएन्डपी ५०० र नास्डाक पनि क्रमशः ०.७९% र ०.६४% ले उकालो लागे।

एप्पलको शेयर मूल्य २.२% ले बढ्यो भने डेल टेक्नोलोजीज ४% ले उकालो लाग्यो। एचपीको सेयर २.५% ले बढ्दा, एनभिडिया र अमेजन भने क्रमशः ०.२% र १.४९% ले घटे।

ट्यारिफ निर्णयले बजारलाई राहत
ट्रम्प प्रशासनले चीनबाट आयात हुने स्मार्टफोन, कम्प्युटर लगायतका इलेक्टोनिक्स सामग्रीलाई नयाँ ट्यारिफबाट छूट दिएको छ। साथै, विश्वका अधिकांश देशहरूबाट आउने केही सामग्रीहरूलाई १०% ट्यारिफबाट पनि छुट दिइएको छ, जसले ताइवानबाट आउने चिप्स र भारतमा उत्पादन हुने आइफोनहरूको लागत घटाउनेछ।

फेडरल रिजर्भको नजर पर्खाइमा
अटलान्टा फेडका अध्यक्ष राफाएल बोस्टिकले हालको अनिश्चितता बीच फेडरल रिजर्भले ब्याजदर स्थिर राख्ने संकेत दिएका छन्।

सुन र कच्चा तेलको मूल्यमा वृद्धि
अनिश्चितताबीच सुनको मूल्य ०.१% बढेर प्रति औँस ३,२११.४९ डलर पुगेको छ। कच्चा तेलको मूल्य पनि चिनीया माग पुनः बढ्नु र इरान सप्लाईको सम्भावित कमीका कारण उकालो लागेको हो। ब्रेन्ट क्रूड ०.४२% बढेर $६५.१५ मा पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको