Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १० : १९ मा प्रकाशित

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको १० वर्षे अवधिको एनआईसी एशिया डिबेञ्चर २०९१ चैत ३१ गते बाँडफाँड गरेको छ । उक्त ऋणपत्रको ७ प्रतिशत ब्याजदर रहेको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएकोमा ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको थियो।

सर्वसाधारणलाई छुट्याइएकोमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकीका लागि आवेदन खुला गरिएको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको बैंकले जनाएको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको