Like us!
Follow us!
Connect us!
Watch us!

हामी फोहोर सफा गर्न गएका हौं, फोहोरमा मिसिदैनौं - गगन थापा

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १२ : ४८ मा प्रकाशित

हामी फोहोर सफा गर्न गएका हौं, फोहोरमा मिसिदैनौं - गगन थापा

नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने बताएका छन् ।

काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन ।’

यसका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको उनले बताए ।

उनले भने, ‘एमालेसँग मिलेर सरकारमा गयौं । हामीले के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा पनि हामी केही कुराहरु बदलाव ल्याउने कुराहरु तुरुन्त काम प्रारम्भ गर्छौं । खागरी गभर्नेन्समा हामी व्यापक सुधार गर्छौं । त्यो पनि ढिला भयो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको