राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गरिने बताए ।
लिङ्देनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि बताए ।
लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’ उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताए ।
राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस