राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले वर्तमान राजनीतिसँग असन्तुष्ट र नयाँ सोच भएकाहरु एक ठाउँमा आउनैपर्ने बताएकी छन् । आफूले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन् ,'हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबझुको सबै एक ठाउँमा आउनैपर्छ । मैले केन्द्रीय समितिमा पनि भनेको छु । नत्र ‘वान बाइ वान’ एक एक जनालाई दुख दिन्छन् । नयाँ राजनीतिक फोर्स आएर जसलाई घाटा छ, उनीहरुले वान आफट्र अनादर अट्याक गर्छन् । इन्डिभिजुअल लड्ने कि यो तरिका भएन भनेर सामूहिकतामा जान्छौं ?'
८४ को चुनावमा बालेनसँग मिल्ने सम्भावनाबारे सुमनाले भनिन् ,'०८४ मा म चुनाव उठ्छु कि उठ्दिन, कहाँबाट उठ्छु सोचेको छैन । म के कुरामा कन्भिन्स्ड छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरु एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिको विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस