प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङप्रहरी नियन्त्रणमा परेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस