नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच १० वर्ष अवधि भएको ७.५० प्रतिशत व्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित तथा चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।अब मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस