प्रतिनिधि सभाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम वैशाख १९ गते पेश गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा प्रमुख सचेतकहरूसँग भएको बुधवारको छलफलमा सो मितिमा प्रतिनिधिसभाको बैठक राखी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सहमति बनेको हो।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम वैशाख १९ गते संसदमा पेश गरिने जानकारी दिए। उनले यसपालिको प्रक्रिया विगतको भन्दा केही फरक हुने उल्लेख गरे।
‘अघिल्ला वर्षहरूमा पहिले बजेटको प्राथमिकतामाथि छलफल गरेर मात्र नीति तथा कार्यक्रम ल्याइन्थ्यो। तर यसपालि सरकारको नीति तथा कार्यक्रम पहिले संसदमा पेस र पारित भएपछि त्यसकै आधारमा बजेट प्राथमिकता तय गरिनेछ,’ बर्तौलाले बताए।
बजेट अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुने तयारीमा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस