४ दिन लगातार घटेपछि बिहीबार सेयर बजार सामान्यरुपमा बढेर बन्द भएको छ ।
नेप्से आज २.०८ अंकले बढेर २,६५८ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ४ उपसूचक बढेका छ भने ९ उपसूचक ओरालो लागेको छ । यसदिन ८३ कम्पनीको सेयरमूल्य बढ्दा १६१ कम्पनीको घटेको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस