Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट राजश्वमा योगदान - चालु आर्थिक वर्षको १० महिनामा १४ अर्ब बढी पुँजीगत लाभकर संकलन

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ११ : ५८ मा प्रकाशित

सेयर बजारबाट राजश्वमा योगदान - चालु आर्थिक वर्षको १० महिनामा १४ अर्ब बढी पुँजीगत लाभकर संकलन

 चालु आर्थिक वर्षमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर हालसम्मकै उच्च हुने देखिएको छ ।

नेपालको पुँजी बजारबाट साढे १५ अर्ब माथिको पुँजीगत लाभकर संकलन नै हालसम्मको सबै भन्दा धेरै हो । यो रेकर्ड चालु आर्थिक वर्षमा तोडिने सम्भावना देखिएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा सेयर बजारबाट १४ अर्ब भन्दा बढीको राजश्व संकलन भएको छ । चालु आर्थिक वैशाख मसान्तसम्मको अवधिमा सेयर बजारबाट १४ अर्ब ८ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्षको बाँकी समयमा आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको साढे १५ अर्ब बढीको रेकर्ड तोडिने देखिन्छ । उक्त आर्थिक वर्षमा सेयर बजारबाट कुला १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो । सेयर बजारबाट संकलन भएको यो नै सबै भन्दा धेरै पुँजीगत लाभकर हो । साढे १५ अर्ब माथिको पुँजीगत लाभकर संकनल हुँदा सेयर बजार करिब ३२०० विन्दुको नजिक रहेको थियो ।

आर्थिक वर्ष २०७८/०८९ मा सेयर बजारबा ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । त्यस पछिका वर्षहरुमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर निरन्तर रुपमा घटिरहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३८ करोड र आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

कुन वर्ष कति पुँजीगत लाभकर संकलन भयो

नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार विगत १० वर्षको अवधिमा २०७७/७८ मा संकलन भएको साढे १५ अर्ब माथिको पुँजीगत लाभकर संकलन भएको भए पनि त्यो भन्दा अघि र पछिका समयमा भने त्यसको आसपासमा पनि पुँजीगत लाभकर संकलन हुन सकेको देखिदैन । आर्थिक वर्ष २०७२/७३ मा पुँजी बजारबाट राज्यलाई कुल १ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यस पछिका तीन आर्थिक वर्षमा भने करोडमा मात्रै पुँजीगत लाभकर संकलन भएको छ । आर्थिक वर्ष २०७४/७५ मा जम्मा ४७ करोड, आव २०७५/७६ मा ६४ करोड पुँजीगत लाभकर संकलन भएको छ । आव २०७६/७७ मा पनि सेयर बजारबाट ९८ करोड ४८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ भने ऐतिहासिक रुपमा १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । त्यसको अर्को वर्ष २०७८/८९ मा घटेर ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । बोर्डका अनुसार २०७९/८० मा भने ३ अर्ब ३८ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा भने १४ अर्ब ८ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको