Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से, १० अर्ब ८७ करोडको सेयर किनबेच

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १५ : १८ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से, १० अर्ब ८७ करोडको सेयर किनबेच

साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१ को बिन्दुमा कायम भएको छ ।

आइतबार ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १० अर्ब ८७ करोडको सेयर कारोबार भएको छ । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स इन्डेक्सहरु राताम्मे बनेका छन् भने यी बाहेकका अन्य इन्डेक्सहरुमा हरियाली छाएको छ ।

आइतबार कुल १०४ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने १४१ वटा कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको छ । आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको