निरन्तर दुई दिन बढेको बजार आज भने दोहोरो अकंले घट्नु पुगेको छ । आज नेप्से १४.५८ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ वटा मात्रै वृद्धि भएका छन् । आज७८ कम्पनीको सेयरमूल्य बढ्दा १६७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले कमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस