Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युत्को हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, ०८ : ११ मा प्रकाशित

दोर्दी खोला जलविद्युत्को हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज (वैशाख १४) अन्तिम दिन रहेको छ।

कम्पनीले चालु हकप्रद निष्कासनका लागि प्रारम्भमा चैत १९ गतेदेखि वैशाख ८ गतेसम्मको समय दिएको थियो। तर, केही सेयरधनीको आवेदन छुट भएकाले सञ्चालक समितिले थप समय प्रदान गर्दै वैशाख १२ देखि १४ गतेसम्म पुनः आवेदन खुला गरेको हो।

कम्पनीले अहिलेको चुक्ता पुँजीको १ः१ अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा, १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ।

दरखास्त फाराम दोर्दी खोलाको कर्पोरेट कार्यालय त्रिपुरेश्वरमा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा उपलब्ध छ। साथै, सानिमा बैंकका शाखा कार्यालयहरू विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङमा पनि फाराम उपलब्ध छ र सोही स्थानहरूमा रकम समेत जम्मा गर्न सकिन्छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन र बाँडफाँटपश्चात यो रकम बढेर २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयर निष्कासन तथा बिक्री प्रक्रिया सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको