Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, ११ : ०२ मा प्रकाशित

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारणसभा

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २२ गते बोलाएको अघिल्लो दुई आर्थिक वर्षको साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि असार ९ गतेका लागि पुनः सभा बोलाएको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन भने चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन र यसका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्य एजेण्डा रहेको छ । त्यस्तै समान उद्देश्य भएका अन्य कम्पनीसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्नेछ ।

यसका साथै अघिल्लो दुई आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आवको लेखा परीक्षकको नियुक्ति अनुमोदन गर्ने र सञ्चालक समितिको पदपूर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने एजेण्डा रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले यसअघि नै जेठ ८ गते बुक क्लोज गरिसकेकाले जेठ ७ गतेसम्म कायम सेयरधनी भाग लिन सक्नेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको