राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले व्यांग्यात्मकरुपमा वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ भनेर हेर्नका लागि समेत सरकार नढलोस् भन्ने चाहना रहेको बताउँदै शुभकामना समेत दिए । सांसद झाले भने, ‘गठबन्धनले यसरी नै काम गरिरहनु पर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ । हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं ।’
सरकारले जनता र सुशासनका पक्षमा काम गर्न सकेको भन्दै उनले सांकेतिक र व्यांग्यात्मकरुपमा वर्तमान सरकारलाई अझै लामो समयसम्म चलिरहोस् भन्ने शुभकामना दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस