संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेश, नागरिक उड्डयनसम्बन्धी विधेयक विचार, र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफलजस्ता महत्वपूर्ण एजेन्डाहरू छन्।
बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिहरूमा सदस्य हेरफेरसम्बन्धी जानकारी दिनेछन्। बैठकमा विभिन्न मन्त्रालयबाट नयाँ विधेयक र प्रतिवेदन प्रस्तुत हुने भएकाले संसदमा व्यस्तता रहने देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस