Like us!
Follow us!
Connect us!
Watch us!

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, १५ : १५ मा प्रकाशित

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताएका छन् ।

कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा खेलेको भूमिकालाई उल्लेख गर्दै कांग्रेस सधैं निजी क्षेत्रका समस्या समाधानमा तत्पर रहेको बताए ।

‘निजी क्षेत्र र सरकारबीच सुदृढ सहकार्य हुन सके अर्थतन्त्र थप बलियो बन्छ,’ देउवाले भने ।

सरकारले उद्योग र व्यापार गर्ने नभइ त्यसलाई निजी क्षेत्रले नै अघि बढाउनुपर्ने धारणा राख्दै देउवाले थपे, ‘व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो। सरकारको भूमिका सहजीकरणमा सीमित हुनुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको