Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १० : ५१ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका  २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।  बैंकले तोकेको समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको