संघीय संसदको २ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ः०० बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथी छलफल गरिने भएको छ।
उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा भने पुरानै अजेन्डा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस