पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको जनाइएको छ।
यसअघि, लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले शनिबार पक्राउ गरेको थियो। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको हो। ओलीको रिहाइको माग गर्दै समेत सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस