निवर्तमान गृहमन्त्री रमेश लेखकको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
हिजोमात्र पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित घरमा प्रदर्शनकारी पुगेका थिए, जहाँ उनीहरूले आगजनी समेत गरेका हुन्। हाल घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जमघट भइरहेका छन्।
प्रदर्शनकारीले अन्य शीर्ष नेताहरूको निवासहरूमा पनि तोडफोड र आगजनी गरिरहेका छन् । जसले आन्दोलनको रूप झनै उग्र बन्दै गएको संकेत गर्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस