Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस पदाधिकारी बैठक - कांग्रेस कोटाकै गभर्नर नियुक्त हुने देउवाको आश्वासन

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १३ : २४ मा प्रकाशित

कांग्रेस पदाधिकारी बैठक - कांग्रेस कोटाकै गभर्नर नियुक्त हुने देउवाको आश्वासन

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाकै गभर्नर नियुक्ति हुने दाबी गरेका छन्। 

आज बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी कांग्रेस पूर्व र वर्तमान पदाधिकारीले गभर्नर नियुक्ति किन नगरिएको भनेर देउवालाई प्रश्न गरेका थिए। कांग्रेस पदाधिकारीको प्रश्नलाई सम्बोधन गर्दै सभापति देउवाले गभर्नर सत्ता साझेदार एमाले र प्रधानमन्त्री ओलीकै सहमतिमा कांग्रेस काेटाबाटै चाँडै नियुक्त हुने बताएका हुन्।

‘बैठकमा गभर्नरको विषय निकै ढिला भएकामा पदाधिकारीबाट चासो प्रकट भयो। चाँडै टुंगो लाग्छ। व्यावसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं। त्यसको चाँडो निर्णय हुन्छ। सहमतिबाट निर्णय हुन्छ’, सभापति देउवाको भनाइ उद्धृत गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ। प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ। एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ।’

महतले केन्द्रीय बैंकको नेतृत्व प्रोफेसनल व्यक्तिको हातमा जानुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए ।

‘ राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायीक व्यक्तिको हातमा जानुपर्‍यो,’ महले भने, ‘जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अघि बढाउन सकोस् ।’ गभर्नरको विषयमा दुई दलबीचको सहमतिमा चाँडै निर्णय हुने उनको भनाइ छ ।

राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नर बिदा हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था रहे पनि सत्ता साझेदार दलबीच कुरा नमिल्दा कामुको भरमा चलिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको