एसियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।
कम्पनीले वैशाख २६ गते हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ। नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्धारण गरेको छ। एसियन लाइफले न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहेको रकम बोनस सेयर वितरण गरेर कायम गर्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस