Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठक बस्दै:प्रधानमन्त्री ओलीले आज जवाफ दिने

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ०७ : १० मा प्रकाशित

प्रतिनिधिसभा बैठक बस्दै:प्रधानमन्त्री ओलीले आज जवाफ दिने

संघीय संसदको प्रतिनिधि सभाको छैटौं अधिवेशन अन्तर्गत आजको ११ औं बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। आइतबार बिहान ११ बजेका लागि सम्भावित समय तय गरिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।

गत वैशाख १९ गते सम्माननीय राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने जिम्मेवारी प्रधानमन्त्रीले आजको बैठकमा सम्हाल्नेछन्।

नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पनि निर्णयार्थ

बैठकमा उक्त नीति तथा कार्यक्रममा आएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै, सभामुखले राष्ट्रपति समक्ष प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागि निर्णयार्थ अघि बढाउने कार्यक्रम पनि कार्यसूचीमा समावेश छ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकसम्बन्धी सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल अघि बढाउने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको