Like us!
Follow us!
Connect us!
Watch us!

झन् गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया - सिफारिस समिति सदस्य नै गभर्नरका नयाँ उम्मेदवार !

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १० : ३४ मा प्रकाशित

झन् गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया - सिफारिस समिति सदस्य नै गभर्नरका नयाँ उम्मेदवार !

२५ चैत यता रिक्त भएको राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झन् गिजोलिएको छ । बहालवाला गभर्नरको पदावधि सकिनुभन्दा एक महिनापहिला नै नयाँ गभर्नर सिफारिस हुनुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक दाउपेच र बिचौलियाको प्रभावमा हालसम्म सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । 

चर्चा भने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिकै सदस्य गभर्नर बन्ने चर्चा चल्न थालेको छ । 

सत्तारुढ नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेर उनलाई राजीनामा दिन लगाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा उनको राजीनामा स्वीकृत एको छैन । कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगानालाई नै ओलीले गभर्नर बनाउन चाहेका कारण उनले भट्टको राजीनामा स्वीकृत नगरेको हल्ला छ ।

भट्टको राजीनामा स्वीकृत नभएपछी कांग्रेसले अर्थविद् डा. विश्व पौडेललाई नयाँ उम्मेदवार बनाएर अघि सारेको छ । पौडेल सरकारले बनाएको सिफारिस समितिका सदस्य छन् । शनिबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेलको नाम अघि सार्ने बताएको जनाइएको छ । उनलाई सिफारिस समितिबाट राजीनामा दिन लगाएर गभर्नरमा सिफारिस गर्ने तयारी रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको