साताको पहिलो दिन सेयर बजारमा गिरावट भएको छ। आज नेप्से ११.५३ अकंले घटेर २६५०.११ बिन्दुमा कायम भएको छ । आज ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोडको कारोबार भएको छ ।
बजार घटेपनि आज होटल तथा पर्यटनमा भने उछाल आएको छ । आइतबार होटल तथा पर्यटन समूहको ६.५० प्रतिशतले सेयरमूल्य बढेको छ । साथै, विकास बैंकको १.२७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । फाइनान्सको सेयरमूल्य सर्वाधिक ३.७२ प्रतिशतले घटेको छ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको सेयरमूल्य उतार चडाब आइरहेको छ । जसमा साना लगानीकर्ता डुबि रहेका छन् ।आज ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस