Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ देशको आर्थिक अवस्था ? [पूर्णपाठसहित]

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १७ : २६ मा प्रकाशित

कस्तो छ देशको आर्थिक अवस्था ? [पूर्णपाठसहित]

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ ।

आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।

त्यस्तै, नेपाल सरकारको खर्च ९९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८३१ अर्ब ४० करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ । 

पूर्णपाठ हेर्नुस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको