Like us!
Follow us!
Connect us!
Watch us!

जनअपेक्षा अनुसार यो सरकार चल्न सकेन, राष्ट्रिय सहमतिको सरकार बनाऔं - कांग्रेस सांसद

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, १४ : ०३ मा प्रकाशित

जनअपेक्षा अनुसार यो सरकार चल्न सकेन, राष्ट्रिय सहमतिको सरकार बनाऔं - कांग्रेस सांसद

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान गठबन्धन सरकार जनअपेक्षा अनुसार सञ्चालन हुन नसकेको बताउँदै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औंल्याएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले मुलुकलाई समृद्धि र स्थायीतर्फ डोर्याउनका लागि केही समयका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य देखिएको धारणा राखे।

'शीर्ष नेताहरूले टाउको जोडेर राष्ट्रिय सहमतिको पहल गर्नुपर्छ,'गौतमले भने, 'संविधान संशोधन गर्न, जनतामा आशा जगाउन र मुलुकलाई समग्ररूपमा अगाडि बढाउन अब सहमति बिना विकल्प छैन। नत्र हाम्रो संघीयता, गणतन्त्र, र तीन तहको सरकार नै संकटमा पर्नसक्छ।'

उनका अनुसार वर्तमान सरकार जनतामा भरोसा जगाउन पूर्णतः असफल भएको छ। 'यो सरकार कांग्रेस र एमालेको साझेदारीमा बनेको हो, तर सरकार जसरी चल्नुपर्ने हो, त्यस्तो गतिशीलता देखिएको छैन,'उनले स्पष्ट पारे।

गौतमले संसद, कार्यपालिका र न्यायपालिकातर्फ जनताको विश्वास घटिरहेको उल्लेख गर्दै थपे, 'न संसद्मा जनचासोका विषय उठाइन्छन्, न कार्यपालिकाले जनअपेक्षा पूरा गर्न सक्छ, न न्यायपालिकाले न्यायप्रद व्यवहार देखाइरहेको छ। यस्तो अवस्थामा नयाँ सोच र सम्भावनाको खाँचो अत्यन्तै महसुस भइरहेको छ।'

उनले अन्त्यमा सबै दल र नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्दै साझा एजेन्डामा सहमति गरेर अगाडि बढ्न आह्वान गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको