नेपाल स्टक एक्चसेञ्ज (नेप्सें) ३.७७ अकंले घटेर २६०८.०७ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् भने ३ उपसूचकमा मात्रै हरियाली देखिएको छ । आज विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आइतबार १०० कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनआरएनको ५१ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । राधि विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस