Like us!
Follow us!
Connect us!
Watch us!

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, १७ : ०७ मा प्रकाशित

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल बिरूद्दको सुनुवाई सकिएको हो 

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको