Like us!
Follow us!
Connect us!
Watch us!

दलहरूबीच कुनै असमझदारी छैन,सरकार ढल्ने कामना नगरे हुन्छ - एमाले महासचिव पोखरेल

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, ११ : १६ मा प्रकाशित

दलहरूबीच कुनै असमझदारी छैन,सरकार ढल्ने कामना नगरे हुन्छ - एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने सम्बन्धमा फैलिएको हल्ला निराधार भएको बताएका छन्।

प्रेस चौतारी दाङ शाखद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमाले र कांग्रेसबीचको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचन (२०७४) सम्म स्थिर रहने दाबी गरेका हुन्।

'सत्तासाझेदार दलहरूबीच कुनै गम्भीर असमझदारी छैन,' पोखरेलले भने, 'सरकार ढल्ने हल्ला निराधार हो, कोही कसैले सरकार ढल्ने कामना नगरे हुन्छ।'

उनका अनुसार प्रतिनिधिसभामा कुनै दलको स्पष्ट बहुमत नभएकाले गठबन्धन सरकार निर्माण गर्नु बाध्यता बनेको हो। 'पहिलो र दोस्रो ठूलो दलले मिलेर सरकार बनाउनु संसदीय अंकगणितको उपज हो,'पोखरेलले भने, 'यस्तो अवस्थामा सरकार एक दलको नीतिमा होइन, सामूहिक निर्णय र भावना अनुरूप सञ्चालन हुन्छ। अहिले पनि त्यही भइरहेको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको