नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराएका हुन्। अर्थमन्त्रालयमा शपथ लिएपछि, गभर्नर पौडेलले राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने तयारी गरेका छन्।
लामो समयसम्मको रस्साकस्सीपछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा नियुक्त गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस