Like us!
Follow us!
Connect us!
Watch us!

लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै हो - ऊर्जामन्त्री खड्का

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १३ : ४३ मा प्रकाशित

लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै हो -  ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङसम्बन्धी चर्चा निराधार रहेको बताएका छन्।

बुधबार संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजारमा फैलिएको लोडसेडिङको हल्ला सस्तो लोकप्रियताको लागि गरिएको दाबी गरे। उनले स्पष्ट पारे—हाल मुलुकमा मर्मत सम्भारका कारणबाहेक कुनै पनि बहानामा लोडसेडिङ भएको छैन, र त्यसको आवश्यकता पनि छैन।

मन्त्री खड्काका अनुसार विभिन्न प्राकृतिक कारण (हावाहुरी, असिना, वर्षा), पूर्वाधार क्षति (पोल ढल्नु) वा दुर्घटनाका कारण कहिलेकाहीँ विद्युत् आपूर्ति अवरुद्ध हुने भए पनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने उनले जिकिर गरे।

'विगतमा पनि वर्षमा करिब ७०० घण्टासम्म यस्तो अवरोध हुने गरेको छ,' उनले भने, 'तर, यो नियमित मर्मतजन्य प्रक्रिया हो, योजनाबद्ध लोडसेडिङ होइन।'

उनका अनुसार, अहिलेको अवस्था हेर्दा विद्युत् उत्पादन बढ्दो क्रममा छ र मागभन्दा बढी आपूर्ति हुन थालेको छ। उनले भने, 'यो हिउँदमा हामीले अधिकतम १,०५ मेगावाटसम्म विद्युत् आयात गरेका थियौँ, अहिले त्यो आवश्यकता घट्दै गएको छ। अहिले त हामी भारतमा १५० मेगावाट विद्युत् निर्यात गरिरहेका छौं।'

उनले विद्युत् उत्पादन बढिरहेको र आपूर्ति सन्तुलित भएकाले निकट भविष्यमा लोडसेडिङको कुनै संभावना नरहेको दाबी गर्दै सर्वसाधारणलाई हल्लामा नपर्न आग्रह गरेका छन्। 'विद्युत् पुगेर होइन, उब्जेर निर्यात भइरहेको अवस्था छ,' मन्त्री खड्काले भने, “अब लोडसेडिङको हल्ला केवल भ्रम फैलाउने प्रयत्न मात्र हो।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको