Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डबाट दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १५ : ३२ मा प्रकाशित

धितोपत्र बोर्डबाट दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले दुई बैंकलाई ऋणपत्र (डिबेन्चर) निष्कासनको अनुमति दिएको छ। बोर्डले नेपाल एसबीआई बैंक लिमिटेड र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो।

नेपाल एसबीआई

नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई डिबेन्चर २०८५’ शीर्षकमा कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो।

जसमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट तथा १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ। यो डिबेन्चर १० वर्षे अवधिको हुनेछ र यसमा लगानीकर्तालाई वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरिनेछ। उक्त ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

शाइन रेसुंगा

यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्दैछ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरमा १० लाख इकाइ, अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ।

बैंकले यसमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट र ४ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यो ऋणपत्र पनि १० वर्षे अवधिको हुनेछ र यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। शाइन रेसुंगाको ऋणपत्रको बिक्री व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको