Like us!
Follow us!
Connect us!
Watch us!

समीक्षा : बैंकहरुले दैनिक ९०% नगद मौज्दात राख्नुपर्ने

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, २० : १० मा प्रकाशित

समीक्षा : बैंकहरुले दैनिक ९०% नगद मौज्दात राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको यस समीक्षामा मौद्रिक तथा वित्तीय प्रणालीको वर्तमान अवस्थालाई समेट्दै केही महत्वपूर्ण निर्णयहरू घोषणा गरिएको छ।

समीक्षामा उल्लेख गरिएअनुसार, विद्यमान अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) यथावत राखिने भएको छ। तरलताको विद्यमान स्थिति र हालै खुला बजार कारोबार उपकरणहरूमा गरिएका सुधारलाई ध्यानमा राख्दै, राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरूले दैनिक रुपमा कम्तीमा ९० प्रतिशत अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था लागु गर्ने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको