Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश,कुनले कति दिँदै छन् ?

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १० : ४० मा प्रकाशित

यी ५ बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश,कुनले कति दिँदै छन् ?

लाभांश घोषणा गरिसकेका ५ बीमा कम्पनीको बुक क्लोज मिति अझै बाँकी रहेको छ।

तीमध्ये चार वटा जीवन बीमा र एउटा निर्जीवन बीमा कम्पनी रहेका छन्। ५ मध्ये तीन कम्पनीले बुक क्लोज मिति सार्वजनिक गरिसकेका छन् भने २ कम्पनीको मिति अझै तय गरिएको छैन।

एनएलजी इन्स्योरेन्सले जेठ २२ गते बुक क्लोज गर्नेछ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुक क्लोज मिति जेठ २६ गते तोकिएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ १६ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको मिति भन्दा एक दिनअघि भित्र सेयर खरिद गरेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।

अर्कोतर्फ, नेसनल लाइफ इन्स्योरेन्स लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने अझै बुक क्लोज मिति घोषणा गरेका छैनन्। यी कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश नेसनल लाइफले घोषणा गरेको छ। उक्त कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांशसहित कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

दोस्रो स्थानमा रहेको रिलायबल नेपालले १२.६३ प्रतिशत लाभांश दिनेछ। त्यस्तै, एलआईसी नेपालले १०.५३ प्रतिशत, प्रभु महालक्ष्मीले ८.४२ प्रतिशत र एनएलजी इन्स्योरेन्सले २.६३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको