Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको नीतिसमीक्षा पछि बजारमा चहलपहल, नेप्से ६५ अंकको उछालपछि तल झर्यो

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ११ : ३१ मा प्रकाशित

राष्ट्र बैंकको नीतिसमीक्षा पछि बजारमा चहलपहल, नेप्से ६५ अंकको उछालपछि तल झर्यो

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले गर्दा सुरुवाती कारोबारमा बजारले सकारात्मक संकेत देखायो । आज सोमबार कारोबार सुरु भएको १ मिनेटमै बजार ६४.८५ अंकले बढ्यो ।
मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ । 

यसकारण पनि बजारले पोजेटिभ सर्किट हान्ने लगानीकर्ताको अनुमान थियो । तर नेप्से ६५ अंकले नजिकै पुग्दा बिक्री चाप बढ्यो र सर्किट ब्रेक लाग्न पाएन ।

१ मिनेटमै २७४४.८३ अंकसम्म पुगेको बजार यो समाचार तयार पार्दासम्म सुरुवाती कारोबारको अंकभन्दा ४७ अंकले  झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको