Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न हुनुहुन्न

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १२ : ०३ मा प्रकाशित

कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न हुनुहुन्न

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ। आज बिहान बसेको पार्टी पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा मुछिएको कुनै प्रमाण नदेखिएको भन्दै उनी संलग्न नभएको निष्कर्षमा पुगेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकप्रति पार्टी विश्वस्त रहेको बताएका छन्। उनले भने, 'जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो दोषी छन्, तिनमाथि कारबाही हुनुपर्छ।'

प्रवक्ता महतले गृहमन्त्री लेखकलाई जबरजस्ती घटनामा जोडेर अफवाह फैलाइएको टिप्पणी पनि गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको