Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको अठोट - लगानी प्रवर्द्धन र बैंकिङ अनुशासनका लागि नयाँ कानुनी व्यवस्था

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १३ : २८ मा प्रकाशित

राष्ट्र बैंकको अठोट - लगानी प्रवर्द्धन र बैंकिङ अनुशासनका लागि नयाँ कानुनी व्यवस्था

नेपाल राष्ट्र बैंकले लगानी प्रवर्द्धन र बैंकिङ प्रणाली सुधारका उद्देश्यले केही महत्वपूर्ण ऐन तथा विनियमावली जारी गर्ने तयारी गरेको छ।

मंगलबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो अठोट सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले विदेशी लगानीलाई प्रोत्साहन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका प्रावधानहरूलाई समेटेर ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने जनाएको छ।

त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनअनुसार चेक अनादरसम्बन्धी प्रमाणिकरण कार्यविधि समेत तयार पारेर लागू गरिने उल्लेख गरिएको छ।

समीक्षामा राष्ट्र बैंकले आन्तरिक आर्थिक अवस्था, मुद्रास्फीति, तथा विदेशी विनिमय सञ्चितिको अवस्थालाई ध्यानमा राख्दै मौद्रिक नीतिको कार्यदिशा सन्तुलित र लचिलो रूपमा अघि बढाइएको उल्लेख गरेको छ। आवश्यकता अनुसार मौद्रिक उपायहरूमा आवश्यक परिमार्जन गरिने प्रतिबद्धता पनि गरिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति निर्माण र समीक्षामा सहयोग पुर्‍याएका सबै सरकारी निकाय, उद्योग व्यवसायका संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू, विज्ञ समुदाय, सञ्चारमाध्यमलगायत सरोकारवालाप्रति आभार प्रकट गर्दै भविष्यमा पनि नीति कार्यान्वयनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको