Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जाको जोखिम भार घट्दा बैंकहरूले थप २५ अर्ब कर्जा दिन सक्ने,अब बजार बढ्ला ?

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १३ : ३९ मा प्रकाशित

सेयर कर्जाको जोखिम भार घट्दा बैंकहरूले थप २५ अर्ब कर्जा दिन सक्ने,अब बजार बढ्ला ?

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। जसले बैंकहरूको कर्जा विस्तार क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ।

आइतबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणा गरेको हो। यसअघिसम्म ५० लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत जोखिम भार थियो। अब, सबै सेयर धितो कर्जामा समान १०० प्रतिशत जोखिम भार लागू हुनेछ।

राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्यांकअनुसार, कुल सेयर धितो कर्जा १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। जसमध्ये करिब १ खर्ब रुपैयाँको कर्जा ५० लाखभन्दा माथि रहेको छ, जसमा जोखिम भार २५ प्रतिशत घट्दा बैंकहरूको जोखिम भारित सम्पत्ति करिब २५ अर्बले घट्नेछ। यसले बैंकहरूलाई थप कर्जा लगानी गर्न सहज बनाउने र प्राथमिक पूँजीकोषमा परेको दबाब कम हुने अपेक्षा गरिएको छ।

नयाँ गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा आएको राष्ट्र बैंकले  कोभिड–१९ को असरपछि कडा नियामकीय नीतिहरू लागू गरे पनि अहिले परिस्थिति सहज हुँदै गएको भन्दै नीति लचिलो बनाउने दिशामा अघि बढेको देखिन्छ।

यस निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्छ। लगानीकर्ताको विश्वासमा वृद्धि गर्न सक्छ र बजारको गतिविधि बढाउन सक्छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको