नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन्। सोमबार बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो अभिव्यक्तिले उत्तेजना फैलिन नहुने बताएका छन्।
थापाले भने, 'हामीले कसैलाई पनि उत्तेजनामा ल्याउने काम गर्न हुँदैन। सम्माननीय प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु त कल्पनामा पनि आउँदैन। त्यसैले यस्ता कुरा सार्वजनिक रूपमा नआउन्।'
महामन्त्री थापाले प्रधानमन्त्रीले आफैंले उत्तेजक अभिव्यक्ति दिने कुरा अकल्पनीय भएको बताए। प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीको वडाध्यक्ष प्रशिक्षण कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।
यस अभिव्यक्तिप्रति थापाले असन्तुष्टि जनाएका छन्। त्यही दिन राप्रपा, राप्रपा नेपाल र अन्य राजावादी संघसंस्थाहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दूराज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन गर्ने घोषणा गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस